काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१सौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा यस कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरूको अगुवाइमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशी प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट एक सय ६७ युनिट, वागमती प्रदेशबाट छ सय ३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट चार सय ३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदूरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल एक हजार चार सय ३९ युनिट रगत जम्मा भएको छ ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मार्गदर्शन, व्यवस्थापन तथा योगदान प्रदान गर्ने कम्पनीका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत ज्यू, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस परिवार, रक्तदाता तथा सम्पूर्ण सहयोगी प्रति यस कम्पनी आभार प्रकट गर्दछ ।
२२सौँ वर्षमा प्रवेश गरेको कम्पनीले सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै र आगामी दिनहरूमा अझ सबल, सरल र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।