काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ काठमाडौंमा भएको छ । सम्मेलनमा नेपालभरबाट विभिन्न व्यवसायी, पेशाकर्मी, व्यापारिक प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षक लगायत लगभग तीन सय जना टोस्टमास्टर्स सदस्यहरूको उपस्थिति थियो ।
सम्मेलनमा अन्तराष्ट्रिय ख्यातिप्राप्त वक्ता तथा लेखक मिहिर कोल्थरकरले किनोट वक्तव्य प्रस्तुत गरेका थिए । विगत दुई दशकदेखि विभिन्न मुलुकहरूमा दुई हजार पाँच सय भन्दा बढी तालिम तथा कार्यशाला सञ्चालन गरिसकेका मिहिरले सम्मेलनमा उपस्थितलाई अन्तरक्रियात्मक तरिकाले नेतृत्व विकास सम्बन्धी व्यहारिक ज्ञानबाट उत्प्रेरित गरेका थिए । सम्मेलनमा उपस्थितको व्यवहारिक ज्ञानका लागि उत्कृष्ट टोस्टमास्टर्सहरूबाट मुल्यांकन मन्तव्य र टलटेल (अतिरञ्जनामा आधारित मन्तव्य) को मञ्चन गरिएको थियो ।