काठमाडौँ । वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग प्रधानमन्त्री सुशीला कार्कीले छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्रीको सचिवालयले छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ः०० बजे हुने जनाएको छ ।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा गत भदौ २७ गते गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ ।