राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको यो अध्यादेश मंसिर ५ गते शुक्रबार सार्वजनिक गरिएको हो।
राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख भएअनुसार अध्यादेश २०८२/०८/०५ गतेदेखि लागू हुने जनाइएको छ। अध्यादेशको विस्तृत विवरण भने सरकारले चाँडै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रतीक कुमार कोइरालाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा यो अध्यादेश संविधानअनुसार राष्ट्रपतिले पाउने अधिकार प्रयोग गर्दै जारी गरिएको स्पष्ट गरिएको छ। यससँगै विशेष सेवा सम्बन्धी कानुनी संरचनामा फेरबदलको प्रक्रिया पुनः अघि बढ्ने भएको छ।
