वासिङटन । अमेरिकी लामो सरकारी बन्दपछि ढिलो गरी बिहीबार प्रकाशित मासिक रोजगार रिपोर्टअनुसार सेप्टेम्बरमा अमेरिकी बेरोजगारी दर बढेको छ ।
श्रम विभागका अनुसार अमेरिकाले अगस्टको तुलनामा एक लाख १९ हजार रोजगारी थपेपनि अघिल्लो बर्षको सेप्टेम्बरमा रहेको बेरोजगारी दर ४.३ प्रतिशतबाट सामान्य बढेर ४.४ प्रतिशतमा पुगेको हो । एएफपीका अनुसार अगस्टको संशोधित तथ्यांकले रोजगारीको स्थिति मूल अनुमान गरिएभन्दा निराशाजनक रहेको देखाएको थियो । रिपोर्टअनुसार अपेक्षाअनुसार अमेरिकामा यो महिना २२ हजार थपिनुपर्ने अनुमान गरिएकोमा थप चार हजार रोजगारी गुमेको देखिएको छ ।
बिहीबारको तथ्यांकले दुई महिनाभन्दा बढीमा समग्र श्रम बजारको अवस्थाकोे पहिलो आधिकारिक अवस्थालाई संकेत गर्छ । अमेरिकामा ४३ दिनको सरकारी बन्दको कारण रोजगारी दरमा कमी भएको हो । संघीय कामदारहरूको सामूहिक बर्खास्त र राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातमा धेरै कर लगाउने नीतिको कारण देखिएको व्यावसायिक उथलपुथलको बीचमा रोजगार बजार कमजोर भइरहेको बताइएको छ ।
डिसेम्बरमा फेडरल रिजर्भको नीति बैठकअघि यो अन्तिम मासिक रोजगार रिपोर्ट आएको छ। अधिकारीहरूले लगातार तेस्रो ब्याज दर कटौती गर्ने कि नगर्ने निर्णय यसैलाई आधार मानेर लिन सक्नेछन् । केन्द्रीय बैंकले पनि मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ तर कमजोर रोजगार बजारले फेडलाई अर्थतन्त्रलाई बढावा दिन थप दर कटौतीतर्फ धकेल्न सक्छ ।
सेप्टेम्बरमा, यातायात र भण्डारण साथै संघीय सरकार मातहतका निकायमा रोजगारी घटेकोे छ यद्यपि स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूमा सामान्य लाभ देखिएको छ । बिहीबारको रिपोटले संघीय सरकारको रोजगारी अघिल्लो महिनाको तुलनामा बेरोजगारी संख्या तीन हजारले घटेको छ भने जनवरीको तुलनामा ९७ हजारले घटेको छ ।
सेप्टेम्बरमा औसत प्रतिघण्टा आय शून्य दशमलव २ प्रतिशतले बढेर ३६ दशमलव ६७ अमेरिकी डलर भएको छ । डाउ जोन्स न्यूजवायर र द वाल स्ट्रिट जर्नलका अर्थशास्त्रीहरूको सर्वेक्षणले रोजगार सङ्ख्या यसको सट्टा ५० हजारले बढ्ने अपेक्षा गरेको थियो। ‘बिहीबारको रिपोर्ट महिनौँ ढिलो भए पनि यसले हामीलाई अर्थव्यवस्थामा हालसालै के भइरहेको छ भन्ने बारेमा जानकारी दिएको छ’, एलियान्ज ट्रेड नर्थ नर्थका डान नर्थले भने । सरकारी बन्दले मुद्रास्फीतिदेखि खुद्रा बिक्रीसम्मका विभिन्न आधिकारिक तथ्यांकहरूलाई गणना गर्नबाट रोकेकोले रोजगारीको दरमा सामान्य कमी देखिए पनि समग्र बजारमा सकारात्मक भाव पैदा गर्ने अनुमान अर्थशास्त्रीहरुले गरेका नर्थले बताए ।
सरकारी बन्दले केही सर्वेक्षण डाटाको संग्रहमा पनि असर पारेको श्रम मन्त्रालयले जनाएको छ । अक्टोबरको पूर्ण रोजगार रिपोर्ट जारी गर्नुको सट्टा, उपलब्ध तथ्यांकलाई नोभेम्बरको तथ्यांकको साथ मूल्यांकन गरिनेछ । सन् २०२५ नोभेम्बरको तथ्यांक संकलन अवधि विस्तार गर्न थप समय आवश्यक हुने मन्त्रालयले बताएको छ । यो तथ्यांक अब डिसेम्बर १६ मा प्रकाशित हुनेछ ।