तानसेन (पाल्पा) । शैक्षिक भ्रमणमा विद्यार्थी बोकेको बस शुक्रबार बिहान पाल्पामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरु सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ ।