काठमाडौं । मोरङ उद्योग व्यापार संघ र भारतीय दूतावासद्वारा संयुक्त रुपमा भारतीय नागरिकहरुको दर्ता तथा नवीकरण क्याम्प संचालन गरिएको छ ।
नेपालमा अध्ययनरत तथा विभिन्न उद्योग–व्यवसायमा संलग्न भारतीय नागरिकहरुको दर्ता तथा नवीकरणका लागि मोरङ उद्योग व्यापार संघले भारतीय दूतावाससंगको संयुक्त सहकार्यमा दुई दिने रजिष्ट्रेशन क्याम्प संचालन गरेको हो । शनिबार सुरु भएको क्याम्प आइतबार सकिनेछ । क्याम्प संचालनको पहिलो दिनमै अधिकांश भारतीय नागरिकहरुको दर्ता तथा नवीकरण कार्य भएको संघले जनाएको छ । दर्ता तथा नवीकरण कार्यलाई सहज र व्यवस्थित बनाउन संघले समन्वय तथा प्राविधिक सहजीकरण गरेको छ । कार्यक्रमको औपचारिक उद्धाटन संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका पदाधिकारी प्रतिनिधि आर.पी. सिंहले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरी गरेका थिए । यस अभियानमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको समन्वयात्मक भूमिका निर्वाह गरेका थिए भने संघका पदाधिकारी, कार्यसमिति सदस्य र सचिवालयका कर्मचारीहरुको सक्रीय सहयोग रहेको छ ।