काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४३ लाख ५३ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड ८३ लाख ४३ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब एक करोड १५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड ७८ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ५७ लाख छ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको संभावित जोखिम व्यवस्थापन रकम एक करोड दुई लाख ९६ हजार रुपैयाँ रहेको छ भने, निष्क्रिय कर्जाको अनुपात १२ दशमलव ८३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ८८ करोड १५ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड ४५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १३ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड पाँच लाख २१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात १४ दशमलव ४३ प्रतिशत रहेको थियो ।