झापा । मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा शनिबार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले सोही वडाका ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जानकारी दिए । भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
मोटरसाइकल पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल र मोटरसाइकल चालक राउत गम्भीर घाइते भएका थिए । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको हुँदा दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएको थियो । राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।