काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो ५जी नेपालमा बिक्री सुरुगरेको जनाएको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ । नेपालभरका रियलमी आधिकारीक विक्रेतामा उपलब्ध यो स्मार्टफोन १२/२५६ जीबीको मुल्य ६६ हजार नौ सय ९९ रुपैयाँ र १२/५१२ जीबीको मुल्य ७१ हजार नौ सय ९९ रुपैयाँमा पाउन सकिनेछ । यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन नामका दुई आकर्षक रंगमा उपलब्ध छ । रियलमी १५ प्रो ५जी ले समावेश गरेका केही प्रमुख फिचरहरू चार के ६० एफपीएस भिडियो रेकर्डिङ, छ हजार पाँच सय निट्स अल्ट्रा–ब्राइट डिस्प्ले, सात हजार एमएएच् ब्याट्री र ८० डब्लू फास्ट चार्जिङ, एक सय ४४ हर्ज अल्ट्रा–स्मूथ स्क्रिन रहेका छन् । यसमा रहेको सोनी आईएमएक्स आठ सय ९० ओआईएस सहितको ट्रिपल ५० एमपी अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० एमपी हाई–रेज फ्रन्ट क्यामेरा, र स्न्यापड्रागन सात जेन चार प्रोसेसरले फोटोग्राफी, भिडियो, गेमिङ र दैनिक काम सबैमा उत्कृष्ट प्रदर्शन प्रदान गर्ने जनाइएको छ ।
साथै, आईपी ६९/आईपी ६८/आईपी ६६ पानी तथा धुलो प्रतिरोध, कर्निङ ग्लास सुरक्षा, सात हजार एमएम एअरफ्लो भीसी कुलिङ सिस्टम र पल्स लाइट डिजाइनजस्ता फिचरहरूले यसलाई कार्यक्षमता र डिजाइन दुबैमा सशक्त बनाएको छ ।