काठमाडौं । सरकारले घरजग्गा कारोबारबाट कात्तिक महिनामा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कात्तिकमा भएको ९३ हजार ६६९ वटा घरजग्गा कारोबारबाट उक्त राजस्व संकलन भएको हो ।
कुल राजस्वमा सेवा करबाट २१ करोड ३४ लाख ४७ हजार, रजिस्ट्रेसन दस्तुरबापत एक अर्ब ५० करोड ६२ लाख ९६ हजार र अतिरिक्त शुल्कबापत एक लाख १२ हजार, डोर सुविधा शुल्कबाट १० लाख २४ हजार, पुँजीगत लाभकरबापत ९९ करोड ७८ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी विलम्ब शुल्कबापत तीन लाख ७२ हजार र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत दुई करोड ५४ लाख ४७ हजार रुपैयाँ संकलन भएको छ । त्यसैगरी रोक्का दस्तुरबापत छ लाख २६ हजार रुपैयाँ संकलन गरिएको छ ।