काठमाडौं । टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ । पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रूपमा रहने र उनले टायल्स, बाथवेयर, एडेसिभ र वाटरप्रुफिङलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरूको ब्राण्ड प्रवर्द्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइने कम्पनीले जनाएको छ । सोमानी सेरामिक्सका सहअध्यक्ष सुजित मोहन्तीले पारस खड्काको लगनशीलता र उत्कृष्टताको यात्राले कम्पनीको नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए ।