काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको गरिखान देऊ समूहले सोमबार ज्ञापनपत्र बुझाउने भएका छन् । सुशासनको मर्मविपरीत सरकारले गरेका गतिविधिको खबरदारीका लागि सिंहदरबारमा दिउँसो ३ बजे ज्ञापनपत्र बुझाउन जाने ढुंगानाले बताए ।