चितवन । भरतपुर महानगरपालिका–१० मालपोत चोक चितवनमा मंगलबार ग्यास बुलेटको ठक्करबाट एकजना लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ को मृत्यु भएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी गराए ।
पुरानो मेडिकल कलेजमा घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ बुलेटले मोटरसाइकललाई दिएको ठक्करबाट घाइते भएका हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।