काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एन्ड टुरिजम लिमिटेडबीच कुमारीका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एन्ड टुरिजम लिमिटेडबाट प्रदान गरिआएको सेवाहरूमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काइ साइकिलिङ र जिपलाइन टिकट तथा डाइभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठबीच मिति २०८२/०८/७ मा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको बैंकले हाल आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १७ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत् ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।