काठमाडौं । माउन्टेन इनर्जीको खुदनाफा ३८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सार्वजानिक गरेको चालू आर्थिक वर्ष २०८२/८३को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३८ दशमलव ६७ प्रतिशतले बढेको हो ।
पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३ दशमलव ७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ । कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडिको नाफा भने ४३ करोड ४७ लाख रहेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ । कम्पनीको रिटेन अर्निङ एक अर्ब ७६ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१/८२को लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रतिसेयर आम्दानी १३ दशमलव ४९ रुपैयाँबाट बढेर १६ दशमलव २७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा रहेको छ । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत् उत्पादन गरिरहेको छ ।