काठमाडौ । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले केई र फोर्थिङ इभी शोरुमको उद्घाटन गरेको छ । नयाँ शोरुम सोमबार पोखराको बुद्धचोकमा औपचारिकरूपमा सञ्चालनमा आएको हो ।
यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको छ । कम्पनीले विशेष अवसरमा ग्राण्ड ओपनिङ अफर पनि सार्वजनिक गरेको छ । यसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज समावेश छन् । नयाँ शोरुमले पोखराका ईभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको छ । साथै दिगो र वातावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउँछ ।
लक्ष्मी ग्रुपले देशभर रिलक्स रिचार्ज नेटवर्कमार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ । यसले ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै ईभी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ । बुद्धचोकस्थित केई र फोर्थिङ शो–रुमको उद्घाटनले प्रदेशमा बढ्दै गएको ईभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको छ । लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकहरूलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न आग्रह गरेको छ ।