काठमाडौ । नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक एमएडब्ल्यू पेट्रो प्रोडक्ट्स प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बनेको छ ।
टीयू क्रिकेट मैदानमा उक्त सम्झौतासम्बन्धी हस्ताक्षर भएको हो । कम्पनीका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काबीच हस्ताक्षर भएको थियो । यस साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र क्रिकेट र इन्जिन ल्युब्रिकेसनलाई एकसाथ ल्याएको छ । एमएडब्ल्यू पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट विकासयात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गरेको छ । नेपालमा उच्च–गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राखेको छ ।