काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन ५० दशमलव ४४ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन पाँच दशमलव ३२ अंकले उकालो लागेर २६ सय ५५ दशमलव ९९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले उकालो लागेर चार सय ५७ दशमलव ५३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको एक लाख दुई हजार छ सय ४२ पटकको कारोबारमा एक करोड १९ लाख ७६ हजार सात सय ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार छ सय ६३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जीवन बीमा, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।