पश्चिम नवलपरासी । विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै नेपाल उखु उत्पादक महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
दुई बुँदे मागसहित नेपाल उखु उत्पादक महासङ्घले काठमाडौँमा मङ्गलबार पत्रकार सम्मेलन गरी मङ्सिर १४ गते आइतबारदेखि सशक्त सडक सङ्घर्षको कार्यक्रम घोषणा गरेको हो ।
गत वर्षको बाँकी रहेको प्रति क्विन्टल ३५ को अनुदान तत्काल भुक्तानी र विज्ञ समितिको सिफारिस अनुसार ७१० प्रति क्विन्टल समर्थन मूल्य तत्काल कायम गर्नुपर्ने लुम्बिनी प्रदेश अध्यक्ष तथा उखु उत्पादक महासङ्घका प्रवक्ता उमेशचन्द्र यादवले पत्रकार सम्मेलनमा किसानको माग स्पष्ट बताएका छन् ।
अध्यक्ष यादवका अनुसार यदि सरकारले किसानको माग मङ्सिर १३ गतेसम्म सम्बोधन गर्दैन भने मङ्सिर १४ गतेदेखि सम्पूर्ण राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन सर्लाहीबाट सुरु हुनेछ ।