काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमलाई पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमलाई उनले आफ्नो पालामा गरेका कामको विवरण समेटिएको विवरण हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा मन्त्री गौतमले पूर्वमन्त्री पौडेलको पालामा सुरु भएका कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले गुणस्तर स्वास्थ्य, स्वास्थ्य बिमा र स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई व्यवस्थित गराउनु रहेको बताए । उनले सरकार जेन–जीको भावनाअनुसार चलेकोसमेत बताउनुभयो । पूर्वमन्त्री पौडेलले स्वास्थ्यलाई सुधार गर्नसके मुलुककै सुधार हुने उल्लेख गर्दै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा ध्यान दिन आग्रह गरे ।