काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ तरकारी बजारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १५ हजार नौ सय ६० ट्याब्लेटसहित सोही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३–०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागुऔषध फेला पारी अटो चालक सोनमलाई पक्राउ गरेको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ अभियान पथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुलसहित सोही ठाउँ बस्ने २६ वर्षीय सन्देश विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।