काठमाडौं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन गरिएको छ ।
‘वर्ल्ड अफ हायात’का सदस्यहरूका लागि महत्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो । नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ–फाइ तथा २४सै घण्टा खानाका परिकारजस्ता व्यावहारिक सुविधाहरू उपलब्ध छन् । हायात प्लेस बुटवललाई बिजनेस (व्यापारिक) र लेजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्नेगरी तयार पारिएको छ । होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरूसहित ३०० देखि ७७५ वर्ग फिटसम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन् । यस होटेलको मुख्य आकर्षण भनेको एक हजार पाँच सय ६० वर्ग फिट (१४५ वर्ग मिटर)मा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो । साथै, हायात प्लेस बुटवलमा एक सय ५० जनासम्म अटाउने ग्रान्ड बलरुमसहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध छन् ।