काठमाडौं । जेरोना वेलनेस प्रा.लि.ले आफ्ना नयाँ ५ उत्पादन बजारमा ल्याएको छ । सौन्दर्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले थप नयाँ ५ उत्पादन बजारमा ल्याएको हो ।
गत जेठमा विभिन्न १० प्रकारका उत्पादनमार्फत नेपाली बजारमा प्रवेश गरेको जेरोनाले अहिले नयाँ ५ उत्पादन पनि बजारमा ल्याएको हो । यसमा हाइड्रा टोनर, एक्सफोली फेसवास, सनसेड टिन्टेड, मोस्चराइजर र राइस वाटर सेरम रहेका छन् । कम्पनीका अनुसार हाइड्रा टोनर फेसवास गरेपछि मुहारमा लगाउने उत्पादन हो । यस्तै, एक्सफोली फेसवासले पिम्पल कन्ट्रोल गर्नेछ अर्थात् अनुहारका खटिरा तथा दाग मेटाउनेछ । यस्तै, सनसेड टिन्टेडमा सनब्ल्क र फाउण्डेशन मिक्स छ । यो लगाएपछि छुट्टै सनब्ल्क र फाउन्डेसन लगाउनु नपर्ने कम्पनीले जनाएको छ । यसैगरी, जेरोनाको मोइस्चराइजीङ क्रिम पनि नयाँ आएको छ । यसले स्किन लाइटिङमा मद्दत गर्नेछ । साथै, राइस वाटर सेरम पनि कम्पनीले बजारमा ल्याएको छ । अनुहारका स–साना खाल्डाखुल्डी छोप्नेदेखि यसले पनि स्किन लाइटिङमा मद्दत गर्नेछ । यी पाँचै उत्पादन कम्पनीले डिलरमा पठाउन सुरु गरिसकेको छ । नेपालका सबै सहर तथा बजारमा उपलब्ध हुने यी उत्पादनहरू महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्ने जनाइएको छ । कम्पनीका सञ्चालक दुर्गाराज श्रेष्ठका अनुसार यी उत्पादनहरू नजिकका सौदर्यस्टोरहरूमा उपलब्ध छन् ।
कम्पनीले यसअघि सनसेड नामको सनस्क्रिन ६० ग्राममा, एचवाई सेरम नामको हायलोरोनिक सेरम ३० एमएलमा, हाइड्रा नामक मोइस्चराइजीङ लोसन १०० ग्राममा, वास सी नामको भिटामिन सी फेस वास ६० ग्राममा तथा इभ ग्रुम नामको नाइट क्रिम ५० ग्राममा ल्याएको थियो । त्यस्तै सनसेड नामको सनस्क्रिन एसपीएफ फिफ्टी जेल ६० ग्राममा, सेरोमिन सी नामको भिटामिन सी फेस सेरम ३० एमएलमा, हाइड्रा सफ्ट नामको क्लिन्जर १०० एमएलमा, वाश ग्लो नामको ग्लोइङ फेसवास ६० ग्राममा र ग्रुम नामको डे क्रिम ५० ग्राममा ल्याएको थियो ।