काठमाडौं । प्रिमियम र विश्वसनीय टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर, का.न.पा–६ (पुरानो बुधबार हाट)मा अत्याधुनिक सोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ ।
शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो सोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह र कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले सोरूमको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा डिलर मालिक करिराम शाहले गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै समुदायमै सहजरूपमा पाउने बताए ।
त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले यो नयाँ सोरूममार्फत सिन्धुलीमा उत्कृष्ट टाइलहरूको दायरा विस्तार गर्ने बताए । उनका अनुसार नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्ररूपमा विकसित भइरहेको छ । मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न कम्पनी उत्साहित रहेको उनले बताए । आदर्शनगर, सिन्धुलीमा रहेको नयाँ सोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।