काठमाडौं । नेपाल वायुसेवा निगमले श्रमिकहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ । निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवइ तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको हो ।
श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको निगमले विज्ञेप्ती जारी गरी जानकारी दिएको छ । यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन् । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।