काठमाडौं । हुण्डाईले नेपालमा आफ्नो नयाँ हुवाईको वाच जीटी६ सिरिज औपचारिकरूपमा सार्वजनिक गरेको छ । यसअन्तर्गत हुवाईको वाच जीटी६ र हुवाईको वाच जीटी६ प्रो मोडेलहरू समावेश छन् ।
कम्पनीका अनुसार टिकाउपन, डिस्प्ले स्पष्टता र लामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्वपूर्ण सुधार र नयाँ मानकहरू स्थापित गरेको छ । हुवाईको वाच जीटी६ ४६ एमएम र ४१ एमएम दुवै साइजमा उपलब्ध छ । यसमा तीन हजार निट्ससम्मको ब्राइटनेससहितको एमोलिड डिस्प्ले र परिष्कृत स्टेनलेस–स्टिल डिजाइन छ । मोडेलअनुसार १४ देखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस लाइनअपको प्रमुख आकर्षण हो ।
हुवाईको वाच जीटी६ को मूल्य छानिएको भेरियन्टअनुसार ३४ हजार ४९० देखि ३९ हजार चार सय ९० रुपैयाँसम्म रहेको छ । यस्तै प्रिमियम बिल्डसहितको हुवाईको वाच जीटी६ प्रो ५४ हजार चार सय ९० देखि ७४ हजार चार सय ९० रुपैयाँको मूल्यमा उपलब्ध छ । प्रो भेरियन्ट किन्दा पाँच हजार चार सय ९० रुपैयाँ मूल्यको हुवाई वड्स एसई उपहारको रूपमा पाइनेछ ।