काठमाडौं । गाइ ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसँग सहकार्य गर्दै कमर्सियल किचन इक्युपमेन्ट्सको नेपालमै पहिलो अत्याधुनिक सोरुम सानो भ¥याङमा खोलेको छ । ओनेरा ग्रुपअन्तर्गत फेगोर, इडेनअस र एसबर गरी तीन ब्रान्डका कमर्सियल किचनसँग सम्बन्धित इक्युपमेन्ट्सहरु रहेका छन् ।
पर्यटनको उल्लेख्य सम्भावना रहेको नेपालजस्तो देशमा होटल, रेस्टुरेन्टसँग सम्बन्धित विश्वस्तरीय सामाग्री उपलब्ध हुनाले यस क्षेत्रमा एक नयाँ आयाम थपिने कम्पनीको विश्वास रहेको छ । ओनेरा ग्रुप फेगोर स्पेन तथा फेगोर यूएईका प्रतिनिधिसहितको उपस्थितिमा हालै नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । सोरुममा तीन दिनसम्म विभिन्न होटल तथा रेस्टुरेन्ट व्यवसायी, सेफ तथा अन्य सम्बन्धित व्यक्तिहरुलाई निमन्त्रण गरी जानकारी उपलब्ध गराइएको थियो । साथै नोबेम्बर २३ पछि सबै सरोकारवालाहरुको लागि सोरुम खुला गरिएको गाइकी प्रबन्धक निलु बज्राचार्यले जानकारी दिइन् ।
गाइ ग्रुपले सन् २०१६ देखि नेपालको बजारमा कमर्सियल किचन, कमर्सियल रेफ्रिजरेसनसँग सम्बन्धित सम्पूर्ण इक्युपमेन्ट्सहरु एकै छानामुनि उपलब्ध गराउँदै आएको छ । साथै कुनै पनि होटल तथा रेस्टुरेन्ट किचनमा चाहिने अन्य सम्पूर्ण उच्च स्तरीय सामाग्रीको सप्लाइको लागि कम्पनीले अनुभवी तथा दक्ष डिजाइनरमार्फत किचन डिजाइन गरी सही इक्युपमेन्ट्स छनौटमा पनि सहयोग गर्नेगरेको छ ।