काठमाडौं । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै टेनप्लास्टले सामुदायिक प्रभावलाई लक्षित टेनप्लास्ट इम्प्याक्ट क्याम्पेन सुरु गरेको छ ।
खेलमैदानमा बनेका स्कोरलाई प्रत्यक्षरूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्ने उद्देश्य यो अभियान लिएको छ । अभियानअनुसार पोखरा एभेन्जर्सले खेलेका प्रहार र जितसँगै पानी ट्यांकी वितरण हुनेछ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार प्रत्येक चौकामा तीन सय लिटर टेनप्लास्ट वाटर ट्याङ्क, प्रत्येक छक्कामा पाँच सय लिटर र टिमले जिते प्रत्येक खेलमा एक हजार लिटर वाटर ट्यांक वितरण गरिनेछ । कम्पनीका अनुसार यी ट्यांकीहरू स्वच्छ पानी अभाव रहेको समुदाय, विद्यालय र स्थानीय संरचनामा उपलब्ध गराइनेछन् ।
अभियानले सुरक्षित पानी पहुँच, स्वास्थ्य सुरक्षाअनुकूल अभ्यास र दीर्घकालीन प्रभावमा योगदान गर्ने अपेक्षा राखिएको छ । ‘प्रत्येक रन र प्रत्येक जित अब समुदायका लागि प्रत्यक्ष सहयोग बन्नेछ’, टेनप्लास्टले जनाएको छ । सीएसआरलाई व्यावहारिक समाधानसँग जोड्ने प्रयासका रूपमा कम्पनीले यसलाई महत्वपूर्ण पहल मानेको छ ।