अकल्यान्ड । एयर न्युजिल्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागू गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ ।

एयर न्युजिल्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार, यो सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित गरिरहेको छ । उनले यो अपडेट पूरा गर्न करिब दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको बताएका छन् । रासस/सिन्ह्वा