काठमाडौं । नेपाल राष्ट्र बैंक र चाइना बैंक नोट प्रिन्टिङल एन्ड मिन्टिङ कर्पोरेसन बेजिङबीच नोट छाप्ने सम्झौता भएको छ । एक हजार रुपैयाँ दरका चार खर्ब ३० अर्ब रुपैयाँबराबरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन बेइजिङ चाइनासँग सम्झौता गरिएको राष्ट्र बैंकको भनाइ छ ।
नोट छपाइको लागि राष्ट्र बैंकले २६ अगस्ट २०२५ बोलपत्र आह्वान गरेकोमा रीतपूर्वक पेस हुन आएको न्यूनतम मूल्यांकित सारभूतरूपमा प्रभावग्राही बोलपत्रदाता चाइना बैंक नोट प्रिन्टिङल एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरिएको छ । सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरीसम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रूपमा) को दफा ५४को व्यवस्थाबमोजिम सर्वसाधारणको जानकारीका लागि नोट छपाइसम्बन्धी सम्झौताको जानकारी दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार नोट छपाइको लागि एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा सम्झौता गरिएको हो ।