काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाको रिट दर्ता गर्न आदेश दिएको छ । ओझाले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध दायर गरेको रिट दर्ता गर्न आदेश दिएको हो ।
न्यायाधीश अब्दुल अजिज मुसलमान र मेघराज पोख्रेलको संयुक्त इजलासले आइतबार ओझाले दायर गरेको अवहेलना मुद्दा दर्ता गर्ने आदेश दिएको हो । यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । ओझालाई प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनी सर्वोच्च गएका थिए । त्योसँगै सर्वोच्चले ओझाको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेशपछि प्राधिकरण फर्किएका ओझाले अर्थमन्त्री खनालको निर्देशनपश्चात् हाजिर गर्नै नदिएपछि अर्थमन्त्री खनालले सर्वोच्चको आदेश पालना नगरेको भन्दै अवहेलना मुद्दा लिएर पुनः सर्वोच्च गएका थिए ।