काठमाडौं । आईआईएमएस कलेजले भगवतीबहालमा आधुनिक र प्रगतिशील क्याम्पस आईआईएमएस २.० को भव्य उद्घाटन गरेको छ । आईआईएमएस कलेजले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्वपूर्ण ऐतिहासिक कदम चालेको छ । अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको गुणस्तरलाई विश्व मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको छ ।
सन् २०१० मा स्थापना भएको आईआईएमएस कलेजले गुणस्तरीय, विश्वव्यापी मापदण्डअनुरूपका स्नातक कार्यक्रमहरू प्रदान गर्दै अग्रगामी शैक्षिक संस्थाको रूपमा विकास हुँदै आएको छ । टेलर्स युनिभर्सिटी—दक्षिणपूर्व एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक–क्यूएस वल्र्ड युनिभर्ससीटि र्याकिङमा २५३औँ स्थानमा रहेको तथा विश्वका शीर्ष १ प्रतिशत विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित संस्था हो । कार्यक्रम परम्परागत स्वागतसँग सुरु भएर नयाँ क्याम्पसको औपचारिक रिबन–कटिङ तथा सुविधाहरूको उद्घाटनसँग अघि बढ्यो । अतिथिहरूले स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला, विद्यार्थी–केन्द्रित शिक्षण क्षेत्र, आधुनिक पूर्वाधार तथा अन्तर्राष्ट्रियस्तरका सिकाइ–सुविधाहरूको अवलोकन गरे । आईआईएमएस कलेजले आफ्नो शैक्षिक उत्कृष्टतालाई नेतृत्व विकास, उद्यमशीलता, उद्योग–सम्पर्क, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूजस्ता सह–पाठ्यक्रमीय कार्यक्रमहरूको माध्यमबाट थप मजबुत बनाउँदै आएको छ । आईआईएमएस कलेजले नेपालमा उच्च शिक्षाको नयाँ अध्यायको सुरुवात गरेको छ ।