काठमाडौं । गोरेटो एजुनेसनल कन्सलटेन्सीले ‘क्यानाडियन इन्स्टिच्युट मिट २०२५’ आयोजना गरेको छ । आइतबार नयाँ बानेश्वरस्थित कार्यालयमा भएको क्यानाडियन इन्स्टिच्युट मिटमा विद्यार्थीले क्यानडा अध्ययनबारे जानकारी लिएका थिए ।
मिटमा क्यानडाको भिसा प्रक्रिया, आवश्यक कागजपत्र, लागत खर्च, भौतिक शैक्षिक वातावरण, जानु अघि गर्नुपर्ने पूर्वतयारी, शैक्षिक नीतिलगायतका सम्पूर्ण जानकारी विश्वविद्यालय र कलेजका प्रतिनिधिबाट प्रत्यक्षरूपमा परामर्श प्रदान गरिएको गोरेटो एजुकेसनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कँंडेलले जानकारी दिए । उनका अनुसार यस मिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि महत्वपूर्ण ज्ञान लिने अवसर प्रदान गरेको छ । एजुकेसन मिटलाई विद्यार्थीहरूले आफ्नो शैक्षिक लक्ष्यहरू प्राप्त गर्ने विश्वसनीय प्लाटफर्मको रूपमा लिनसक्ने कँडेलको भनाइ छ । फेयरमा विद्यार्थीले क्यानडाका सिमोन फ्रासर (एसएफयू) युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, बो भ्याली कलेज, नर्थ स्ल्यान्ड कलेज, कोलम्बिया कलेजलगायतका १४ भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट क्यानडा अध्ययनबारे जानकारी लिने अवसर प्राप्त गरेका थिए । मिटमा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
यस एजुकेशन मिटमा विद्यार्थीले आफूले पढ्न चाहेको विषयमा सम्बन्धित कलेजका प्रतिनिधिसँग कलेजको भौतिक शैक्षिक पूर्वाधार, करिअर स्कोप, अध्ययनपश्चात् रोजगारीको अवसर, छात्रवृत्तिलगायतका विषयमा जानकारी लिनुका साथै विद्यार्थीहरूलाई आकर्षक गिफ्ट हाम्परको पनि व्यवस्था गरिएको थियो । क्यानडामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई प्रत्यक्षरूपमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग भेट गराई महत्पूर्ण ज्ञान र अवसर प्रदान गर्दै क्यानडा अध्ययनसम्बन्धी जिज्ञासा मेटाउने उद्देश्यका साथ यस मिटको आयोजना गरिएको गोरेटो एजुकेसनका संयोजक प्रकाश रेग्मीले बताए ।