काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको बुबा रामनारायण शाहको निधन भएको छ । निजामती कर्मचारी अस्पतालमा सोमबार उनको ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । आइतबार अपराह्न अस्पताल भर्ना गरिएको शाहलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो ।