बाजुरा,बाजुरा सदरमुकाम मार्तडी बजारको एक पसलमा दिउँसो करिब १२:२० बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बजारवासीले उपलब्ध स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।