काठमाडौ । काठमाडौंस्थित सिटी सेन्टरको चाडपर्व योजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’का विजेताहरु पुरस्कृत भएका छन् । शनिबार सिटी सेन्टरमा आयोजित समारोहकाबीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।
६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए । सोमध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन् । यसमा कपनका विनोद चौलागाईले ५ दिन ६ रातको थाइल्यान्ड टुर जितेका छन् । त्यसैगरी, भक्तपुरका समिर बादेले हिरोको स्कुटर पाएका छन् भने बाल्ट्राको ‘वासिङ मेसिन, टिभी, फ्रिजलगायतका सामान, अल्टिमाका इयर बर्ड, म्युजिक सिस्टम, सफारीका ब्याग, क्रोर्कोेडायलका ब्याग तथा लगेज र विभिन्न स्टोरहरुबाट गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम सिटी सेन्टरको आयोजना, इभेन्ट नेपालको सहकार्यमा विभिन्न कम्पनीहरुको सहभागीतामा सम्पन्न भएको थियो । सिटी सेन्टर आफ्ना ग्राहकहरुका लागि सबै सेवा सुविधासहितको व्यावसायिक सपिङ महल हो । यहाँ बच्चाका लागि खेल्ने ठाउँ, कफी सप र फुडकोर्टसहितको व्यवस्था छ ।