काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: खुम्चिएको छ । अघिल्लो दिन चार दशमलव २८ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि शुन्य दशमलव ५३ अंकले ओरालो लागेर २६ सय ४४ दशमलव ७० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले ओरालो लागेर चार सय ५३ दशमलव ९९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ५६ हजार नौं पटकको कारोबारमा एक करोड आठ लाख १० हजार एक सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ४८ करोड १३ लाख ९४ हजार एक सय ४९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेपनि बाँकी उपसमुहहरुको सुचक उकालो लागेको छ । जसमध्ये बाणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लगानी र लघुवित्त उपसमुहको सुचक ओरालो लाग्दा बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।