वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम चार महिनामा वीरगञ्ज भन्सार कार्यालयले पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व उठाएको छ ।
कार्यालयले फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड राजस्व चालु आवको चार महिनामा सङ्कलन गरेको छ । इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ ।
चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । चालु आवमा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।