काठमाडौं । सालपा विकास बैंकले साधारण सेयरको बिक्री आहृवान गरेको छ । बैंकले यही मंसिर २५ गतेबाट वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकहरूका लागि साधारण सेयरको बिक्री आव्हान गरेको हो ।
बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँमध्येबाट सर्वसाधारणका लागि ३३ प्रतिशतका दरले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १७ लाख २३ हजार आठ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । सोमध्ये पहिलो चरणमा १० प्रतिशतका दरले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक करोड ७२ लाख ३८ हजार आठ सय रुपैयाँ बराबरको एक लाख ७२ हजार तीन सय ८८ कित्ता सेयर वैदेशिक रोजगार प्रभावितहरूको लागि बिक्री आहृवान गरेको हो ।
सेयर निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको साधारण सेयरको बिक्री कार्य छिटोमा यही मंसिर २९ गते र ढिलोमा यही पुस १० गते बन्द हुने छ ।