मोरङ । विराटनगर महानगरपालिका–१७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद छ लाख ४९ हजार पाँच सय रूपैयाँ सहित सोही महानगरपालिका–१८ बस्ने ३९ वर्षीय रविप्रकाश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।