काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड १६ लाख २१ हजार सात सय ७० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० लाख ३४ हजार सात सय ४९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ५० करोड ६३ लाख ९९ हजार सात सय ३८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३४ करोड ३७ लाख ९४ हजार एक सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ९० लाख ४१ हजार नौ सय छ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४४ करोड ५२ लाख ८८ हजार पाँच सय ३३ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब तीन करोड ७३ लाख १३ हजार एक सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ५७ लाख ७३ हजार पाँच सय सात रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।