काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासमा ८० लाख २० हजार एक सय पाँच रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड २० लाख ९२ हजार एक सय ४१ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड ३४ लाख ४५ हजार पाँच सय नौ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ८५ करोड ५९ लाख ३० हजार आठ सय ५० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८६ करोड ९८ लाख ४५ हजार तीन सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड २६ लाख ७२ हजार पाँच सय ४६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थानमा आठ दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८८ करोड ४३ लाख ९६ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८८ करोड ४१ लाख तीन हजार छ सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ३५ लाख चार हजार छ सय १२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।