काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एनआई ३१ नामक योजनाका इकाइहरूको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु भएको छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपीं)मा दर्ता हुन चाहने लगानीकर्ताहरूले सोही दिनदेखि लागु हुनेगरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै, एनआई ३१का इकाइहरू काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत खरिद/बिक्री गर्न सकिने जनाएको छ ।
इच्छुक लगानीकर्ताहरूले एसआईपीमार्फत पनि एनआई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम एक हजार रुपैयाँमा एसआईपीमार्पmत एनआई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।