काठमाडौं । सामसङ नेपालले आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ । कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै उक्त योजना सार्वजानिक गरेको हो ।
यस योजना अन्तर्गत प्रिमियम क्यूलेड टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध छ । यो योजना डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्नेछ । सामसङका नवीनतम एआई टीभी लाइनअपमा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पु¥याउने अत्याधुनिक फिचरहरू समावेश छन् । सामसङले आफ्नो टी, ए, बी, सी, डी, एफ सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ ।
कम्पनीका अनुसार क्यूलेडको ५५–८५ ईन्चमा १९ प्रतिशत छुट र एक्सचेन्ज बोनस ७ हजार रुपैयाँसम्म पाईनेछ । यस्तै यूएचडी ४३–८५ ईन्चमा २१ प्रतिशत छुट र ४ रुपैयाँ एक्सचेन्ज बोनस, एफएचडी ४३ ईन्चमा ३३ प्रतिशत छुट र एचडी ३२ ईन्चमा २१ प्रतिशत छुट पाईने कम्पनीले जनाएको छ । साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् शुन्य प्रतिशत ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्नेछन् ।