काठमाडौँ । धोबी खोलामा साइकलसहित एक व्यक्तिको शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार धोबी खोलामा बिहीबार बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक साइकलसहित शव भेटिएको हो ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा मृतक ललित गिरीको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ ।