काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड २३ लाख २२ हजार एक सय पाँच रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ३४ लाख १३ हजार पाँच सय सात सय रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड ३० लाख ४६ हजार दुई सय ८० रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा तीन अर्ब ३० करोड ५६ लाख ६० हजार पाँच सय २० रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५६ करोड चार लाख २८ हजार छ सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ३८ लाख दुई हजार पाँच सय ३५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले तीन अर्ब २१ करोड ११ लाख ७० हजार एक सय ३३ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४४ करोड ९३ लाख ५० हजार तीन सय दुई रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले १२ करोड ८९ लाख एक हजार एक सय ७२ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।