काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । कम्पनीले यही पुस ११ गते तेस्रो वार्षिक साधारण सभाको आह्वान गरिएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ११ गतेका लागि साधारण सभा बोलाएको हो ।
उक्त सभा दिउसो साँढे ३ बेजेदखि सुरु हुने जनाइएको छ । सभाले २० प्रतिशत बोनस सेयर र १०.९ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/८२ मा गरेका निर्णयहरू अनुमोदा गर्नेछ । सभाले विशेष प्रस्तावका रुपमा कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने र कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।