काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष तपबहादुर मगरले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थाअनुसार सो प्रतिवेदन पेस गरिएको हो ।