दशरथचन्द (बैतडी) । दार्चुलामा उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । दार्चुला, बैतडीसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर आइतबार बिहान ८ः२८ बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।